PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

पूर्व मन्त्री तिवारीको निधन



रासस

जलेश्वर :  पूर्व युवा तथा खेलकूदमन्त्री गणेश तिवारी नेपालीको शुक्रबार साँझ निधन भएको छ। जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार ७६ वर्षको उमेरमा निधन भएको उनका छोरा बजरंग नेपालीले बताए।

विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उनी प्रधानमन्त्री माधव नेपालको नेतृत्वको सरकारमा युवा तथा खेलकूदमन्त्री भएका थिए। पाँच वर्ष पहिले पक्षघात तथा विगत एक वर्षदेखि अर्बुद रोगबाट ग्रसित नेपालीको मृत्यु भएको हो। 

नेपाली २०२७ सालमा राजनीतिमा प्रवेश गरेका थिए। विसं २०४४ सालमा नेपाली काङ्ग्रेसको जिल्ला सभापति भई २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जिल्लाको मुख्य कमाण्डर भएर काम गरेका थिए। २०५२ मा काङ्ग्रेस छाडेर एमाले र २०६४ सालमा तमलोपा प्रवेश गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell