PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु



रासस

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

खस्यौली : पूर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका–१ स्थित वनकट्टामा बोलेरो गाडीले ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सैनामैना नगरपालिका–१ निवासी ६५ वर्षीया नन्दकली सुवेदी रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ज १७४६ नम्बरको बोलेरो गाडीले सडक छेउमा हिँडिरहेकी सुवेदीलाई ठक्कर दिएको हो। ठक्कर दिएपछि गम्भीर घाइते उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै शुक्रबार बेलुका माडचौरको भलाममा भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ। सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पुर्‍याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना १ ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो।

दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। लिवाङ घर्तीगाउँ सडकखण्डको भलाममा दुर्घटनामा परेको उक्त जीप सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिए। शवलाई नदीले बगाएर माडी नदी पुल नजिक पुर्‍याएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले शव फेला पारेको प्रहरी निरीक्षक आचार्यले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell