
जनतालाई भोटभन्दा बढी केही नदेख्नेहरु राजनीतिकर्मी र बाचुन्जेल उत्पिडनमा पारिएकाहरुको कथा देखाएको नाटक ‘महाभोज’ मञ्चन आजदेखि सुरु हुँदैन। गरिब जनताको लासमाथि हुने राजनीतिमा केन्द्रित छ नाटक।
मण्डला थिएटरको प्रस्तुति रहेको नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन्। हिन्दी साहित्यकार मन्नु भण्डारीको उपन्यासलाई नेपाली भाषामा नाट्य रुपान्तरण विप्लव प्रतीकले गरेका हुन्।
नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईँ, दयाहाङ राई, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, प्रदीपकुमार चौधरी, विजय बराल, मिलन कार्की, आर्जेश रेग्मी, सागर दाहाल, प्रमिला खनाल, सोमनाथ खनाल, सन्दिप श्रेष्ठ, रिजन परियार लगायत कलाकारहरुको अभिनय रहेको छ।
शनिबार दिउसो १ बजे र साँझ ५:३० बजे दुई सो हुँदैछन्। नाटक असोज १२ गतेसम्म सोमबार बाहेक हरेक दिन नियमित मञ्चन हुनेछ।