PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

सबैभन्दा वजनदार क्रिकेटरको टेस्ट डेभ्यु, वजन १४० केजी



पहिलोपोस्ट

सबैभन्दा वजनदार क्रिकेटरको टेस्ट डेभ्यु, वजन १४० केजी

भारतसँगको शुक्रबारको टेस्ट म्याचमा वेस्टइण्डिजले आफ्ना सबैभन्दा वजनदार खेलाडीलाई मैदानमा उतारेको छ। भारतसँगको खेलमा टेस्ट म्याचमा डेब्यु गरेका रहकिम कर्नवाल १४० केजीका छन्।

कर्नवालले यसअघिको अस्ट्रेलियाका खेलाडी वारविक आर्मस्ट्रङ्को बढी तौल भएको खेलाडीको रेकर्ड तोडेका हुन्। आर्मस्टङको तौल उनको खेलजीवनमा १३३ केजी देखि १३९ केजीसम्म थियो।

६ फिट ६ इन्च उचाइ भएका रहकिम दायाँ हाते अफब्रेक बलर हुन। उनी आवश्यकता अनुसार ब्याटिङ पनि गर्ने गर्छन्। २६ वर्षे रहकिमको उचाइले वेस्ट इण्डिजमा उनलाई ‘माउन्टेन मेन’ पनि भन्ने गर्छन्।

रहकिमको टेस्ट म्याच डेब्यु अघि वेस्टइण्डिज ‘ए’ का लागि खेलेका थिए। उनले ५५ प्रथम श्रेणी म्याचमा २६० विकेट र २२२४ रन रहेको छ। जसमा १ शतक र १३ अर्धशतक रहेको छ।

उनको अत्याधिक  वजनको बावजुत उच्च प्रदर्शन गर्दै वेस्ट इण्डिजको राष्ट्रिय टिममा समावेश हुन पनि सफल रहे। उनले भारतसँगको टेस्टम्याचमा राम्रो प्रदर्शन गरिरहेका छन्।

वेस्ट इण्डिज क्रिकेटको अन्तरिम छनोट समितिका प्रमुख रोबर्ट हेसले भने, ‘रहकिमले विगत लामो समययता राम्रो प्रदर्शन गर्दै आफुलाई म्याच विनरका रुपमा स्थापित गरिसकेका छन्। त्यसैले हामीलाई विश्वास छ, उनलाई टेस्टमा सहभागी गराउनु फलदायी हुनेछ।’ कर्नवालले टेस्टम्याचमा आफूलाई फेरि पनि प्रमाणित गर्ने हेसको विश्वास थियो। ‘हामीलाई विश्वास छ, उनले सार्प टर्न र एक्ट्रा बाउन्सले उत्कृस्ट बलिङ आक्रमण गर्नेछन्।’ राेबर्ट हेसले भने।

रहकिमले भारसँगको टेस्टको पहिलो दिनको खेलमा चितेश्वर पुजरालाई १७ ओभरमा ६ रनमा आउट गराएका थिए भने अन्य महत्वपूर्ण क्याचहरु पनि लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell