PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

ला लिगाः १६ वर्षमै बार्सिलोनाका लागि गोल गर्ने को हुन फाटी?



पहिलोपोस्ट

ला लिगाः  १६ वर्षमै बार्सिलोनाका लागि गोल गर्ने को हुन फाटी?

स्पेनिस ला लिगाको हिजो भएको खेलमा बार्सिलोना ओसासुनासँग बराबरीमा रोकिएको छ। मेस्सी, स्वारेजलगायतका खेलाडी चोटका कारण बाहिर रहेको अवस्थामा बार्सिलोनाले ओसासुनासँग बराबरी खेलेको हो।

खेलको ७ औं मिनेटमै रोबेर्टो टोरेसले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको हाफटाइमसम्म दुवै टिम गोल गर्न असफल रहे। दोस्रो हाफमा अन्सुमान फाटीले खेलको ५१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। १६ वर्षीय फाटीले गोल गर्दै बार्सिलोनाका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने। उनले १६ वर्ष ३०४ दिनको उमेरमा बार्सिलोनाका लागि गोल गरेका हुन।
फेरि खेलको ६४ औं मिनेटमै आर्थरले अर्को गोल थप्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए।

तर, बार्सिलोना खेलको अन्तिम समयमा ओसासुनाले पेनाल्टीको अवसर पायो। जसलाई सदुपयोग गर्दै रोबर्टो टोरेसले नै व्यक्तिगत र टिमको लागि दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए।

को हुन फाटी?
फाटी सन् २०११ सम्म बार्सिलोनाको युथ एकेडेमीमा थिए। ग्युनिया बिसौमा जन्मिएका उनी ६ वर्षको उमेर परिवारसहित स्पेन गएका थिए। उनले आफ्नो देशका लागि कुनै पनि उमेर समूहमा खेलेका छैनन्।

स्पेनिस मिडियाको दाबीलाई मान्ने हो भने स्पेन फाटीलाई आफ्नो युवा टिमबाट खेलाउन चाहन्छ।

सन १९४१ पछि बार्सिलोनबाट खेलमा डेब्यु गर्ने उनी सबैभन्दा कम उमेरका खेलाडी हुन। उनी रियल बेटिसविरुद्ध १२ मिनेट बाँकी रहँदा मैदान प्रवेश गरेका थिए। सन् १९४१ मा भिसेन्टे मार्टिन्जले डेब्यु गर्दा फाटीभन्दा १८ दिन कम उमेरका थिए। बेटिसविरुद्धको खेलमा बार्सिलोनाले ५–२ गोलअन्तरले जित हात पारेको थियो।

गएराति भएको खेलमा फाटीले बार्सिलोना १ गोलले पछि परेको समयमा गोल गरेका थिए। उन पेरोजको क्रसलाई हेडिङमार्फत गोलमा परिणत गरेका थिए। 

बार्सिलोनाको खराब सुरुवात
बार्सिलोनाले २००८ यताकै खराब सुरुवात गरेको छ। क्लबमा अहिले स्टार स्ट्राइकर लियोनेल मेस्सीको अभाव देखिएको छ। चोटका कारण मेस्सीले यो सिजनको कुनै पनि खेल खेलेका छैनन्।

एथ्लेटिक क्लबसँग पहिलो खेल गुमाएको बार्सिलोनाले दोस्रो खेलमा रियल बेटिसमाथि ५–२ को जित निकालेको थियो। त्यस्तै तेस्रो खेलमा ओसासुनासँग बराबरी खेलेसँगै बार्सिलोना तालिकाको सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell