PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

मोटरसाइकलको ठक्करबाट मृत्यु



पहिलोपोस्ट

मोटरसाइकलको ठक्करबाट मृत्यु

पर्वतः पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।

शनिबार साँझ ६ः३० बजेको समयमा स्थानीय ५० वर्षीया विष्णुदेवी दर्जीलाई मोटरसाइकलले ठक्कर दिएको थियो। मादक पदार्थ सेवन गरी तीन जना सवार ध १ प ३६६६ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी दर्जीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ। मोटरसाइकलमा सवार तीनजनामध्ये पाल्पा घर भई हाल फलेवासमा मजदूरी गर्दै आएका सुमन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य दुई जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell