PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

लिभरपुलको अपराजित यात्रा, बर्नलीमाथि सहज जित



पहिलोपोस्ट

लिभरपुलको अपराजित यात्रा, बर्नलीमाथि सहज जित

इङलिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायम राख्दै तालिकाको शीर्ष स्थान कायम राखेको छ। गएराति भएको खेलमा बर्नलीलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा जारी राखेको हो।

लिभरपुलले खेलको ३३ औं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो। बर्नलीका क्रिस उडले आत्मघाती गोल गर्दा लिभरपुलले अग्रता लिएको थियो। त्यस्तै, खेलको ३७ औं मिनेटमा सार्डियो मानेले र ८० औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गरेसँगै लिभरपुलले ३–० को जित निकाल्यो।

यो सिजनको ४ वटै खेलमा जित निकालेको लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा छ।  लिभरपुलले यसअघि आर्सनल,साउथ ह्याम्टन र नर्विच सिटीलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell