PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

ह्याकरको निशानामा नेपाली बैंक, सिस्टम ह्याक गरेर एटिएमबाटै निकाले पाँच करोड



पहिलोपोस्ट

ह्याकरको निशानामा नेपाली बैंक, सिस्टम ह्याक गरेर एटिएमबाटै निकाले पाँच करोड

काठमाडौं: पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा एटिएम बुथबाट झिक्ने चिनियाँ आपराधिक समूह सक्रिय भएका छन्। नबिल बैंकको एटिएमबाट पैसा झिकेपछि चिनियाँ समूह सक्रिय रहेको खुलेको हो।

प्रहरीले शनिवार साँझ चार चिनियाँ नागरिकलाई ५ करोड रुपैयाँ नगदसहित पक्राउ गरेको छ। अझै केही फरार छन्।

स्रोतका अनुसार, शनिवार नबिल बैंकका विभिन्न एटिएम बुथहरूबाट ठूलो मात्रामा नगद झिकिएको थियो। ठूलो मात्रामा पैसा झिकिएपछि कर्मचारीहरूले के भएको रहेछ भनेर सिस्टमबाट त्यसलाई ट्रयाक गर्न थाले। उनीहरूले अस्वाभाविक रूपमा पैसा झिकिएको र केही शंकास्पद गतिविधि भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको छ। यो प्रणालीमा १५ वटा बैंकहरु आबद्ध छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell