
काठमाडौं: विश्वकप तथा एसियन कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफायर्समा खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज कुवेत प्रस्थान गरेको छ।
प्रतियोगितामा नेपालले कुवेतसँग सेप्टेम्बर ५ मा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, दोस्रो खेलमा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो खेल सेप्टेम्बर १० मा हुनेछ। खेलाडीहरुलाई शुक्रवार एन्फाले एक कार्यक्रमबीच बिदाइ गरेको थियो।
नेेपाली टिमकाे कप्तानी यसपटक किरण चेम्जोङले गर्ने छन्। यस अघिको जोहोर डारुलसँगको मैत्रीपूर्ण खेलमा भने सुजल श्रेष्ठले टिमको कप्तानी गरेका थिए। जोहोर डारुलसँग नखेलेका रोहित चन्द र किरण चेम्जोङ यसपटक टिममा समावेश छन भने विमल राना र एलन न्यौपाने टिममा छैनन्। त्यस्तै नियमित कप्तान विराज महर्जन यसपटक पनि टिममा समावेश छैनन्।
नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिपेश राजबंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल बल, रवि पासवान, अन्जन विस्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ,विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड : विमल घर्तीमगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ