PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

सिरि ए : युभेन्टसको जित, आत्मघाती गोलले नेपोली पराजित



पहिलोपोस्ट

सिरि ए : युभेन्टसको जित, आत्मघाती गोलले नेपोली पराजित

इटालियन सिरि ए फुटबलमा युभेन्टसले नेपोलीमाथि ४–३ गोल अन्तरले जित निकालेको छ।  गएराति भएको खेलमा युभेन्टसका लागि क्रिश्चियानो रोनाल्डो, गोञ्जालो हिग्वुइन र ड्यानिलोले समान १/१ गोल गरेका थिए। त्यस्तै, नेपोलीका खेलाडी कौलिबालेले खेलको अन्तिम समयमा आएर आत्माघाती गोल गर्दा युभेन्टसले खेल जितेको हो।

खेलको १६ औं मिनेटमा ड्यानिलोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। त्यसको ३ मिनेट भित्र गोञ्जालो हिग्विनले गोल गर्दा युभेन्टस हाफ टाइम अघिसम्म २–० ले अगाडि रहेको थियो। त्यस्तै, दोस्रो हाफमा पनि युभेन्टसले नै अग्रता बढायो। खेलको ६२ औं मिनेटमा क्रिश्चियानो रोनाल्डोको गोलसँगै युभेन्टसले ३ गोलको अग्रता कायम गरिसकेको थियो। तर, ६६ औं मिनेटमा नेपोलीको  मनोलसले गोल गर्दै नेपोलीका लागि खाता खोले। त्यसको दुई मिनेट पनि बित्न नपाउँदै हिर्भिङ लोजनोले गोल गर्दै नेपोलीलाई खेलमा फर्काए। नेपोली यतिमै रोकिएन। खेलको ८१ औं मिनेटमा लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याए।

अन्तिम समयसम्म बराबरीमा रहेको खेलमा कौलिबालेको आत्मघाती गोलसँगै युभेन्टसले खेल जित्न पुग्यो। ९० औ मिनेटको त्यो आत्मघाती गोल खेलको निर्णायाक हुन पुग्यो। र, युभेन्टसले खेल ४–३ ले जित्न सफल रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell