PahiloPost

Dec 21, 2025 | ६ पुष २०८२

चिनियाँ ह्याकरले झिकेको पैसा बैंक खातावालाको नभएको राष्ट्रबैकको दाबी, एउटा बैंकको कार्ड अर्को बैंकको मेसिनमा नचल्ने



पहिलोपोस्ट

चिनियाँ ह्याकरले झिकेको पैसा बैंक खातावालाको नभएको राष्ट्रबैकको दाबी, एउटा बैंकको कार्ड अर्को बैंकको मेसिनमा नचल्ने

काठमाडौः चिनियाँ ह्याकरले बैंकको एटिएमबाट लुटेको पैसा कुनै पनि ब्यक्तिको खाताबाट नझिकिएको देखिएको छ।

राष्ट्र बैंकका भुक्तानी तथा फर्छ्यौंट विभागका कार्यकारी निर्देशक बमबहादुर क्षेत्रीले खातावालाहरुतिर नपुग्दै ह्याकरले प्रणालीबाट एकोहोर पैसा झिकेको बताए।

'अब बैंकहरुबाट कति पैसा झिकियो भन्ने चै पछि थाहा हुन्छ' उनले भने, 'यति कुरा हो कुनै पनि ब्यक्तिको खाताबाट पैसा झिकिएको छैन।'

राष्ट्र बैंकले केही समयअघि बैंकर, प्रणाली सञ्चालकहरुसँग छलफल गरेको थियो। अब राष्ट्र बैंकसहितको टोलीले प्रहरीसँग पनि थप छलफल गर्ने भएको छ। केहीबेर बैठक बस्ने तयारी भइरहेको छ।

एटिएमबाट पैसा लुटिएपछि अहिले जुन बैंकको कार्ड हो त्यही बैंकको मेसिनबाट मात्र पैसा झिक्न मिल्छ। एउटा बैंकको कार्ड अर्को बैंकको मेसिनमा छिराएर पैसा निकाल्न बन्द गरिएको छ।

पिन नम्बर ह्याक गरेर एटिएम बुथबाट झिक्ने चिनियाँ आपराधिक समूह प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रवार नेपाल आएका उनीहरुले १ करोड ३६ लाख रुपैयाँ लुटेको देखिएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell