PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

विमानस्थलका कर्मचारीलाई पर्यटनमन्त्रीको चेतावनी, 'कार्यालय समयमा निदाउने र फेसबुक चलाउनेको फोटो संकलन गरेको छु'



पहिलोपोस्ट

विमानस्थलका कर्मचारीलाई पर्यटनमन्त्रीको चेतावनी, 'कार्यालय समयमा निदाउने र फेसबुक चलाउनेको फोटो संकलन गरेको छु'
फोटो : रासस ।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाइल नचलाउन निर्देशन दिएका छन्।

मन्त्री भट्टराईले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षणको आइतबार काठमाडौंमा उद्घाटन गर्दै कार्यालय समयमा मोबाइल प्रयोग नगर्न निर्देशन दिएका हुन्।

कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको फोटो आफूले संकलन गरेको बताए। उनीहरुमाथि कारबाही गर्न पनि विमानस्थलका नेतृत्वलाई निर्देशन दिए।

विमानस्थलका कर्मचारीहरुले आफ्नो व्यवहारमा सुधार गर्दै अनुशासित हुनुपर्ने उनको भनाइ थियो।

मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेकाहरु कर्मचारीहरुलाई विमानस्थलमा नराखिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell