PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

सरकारी कार्यालयका प्रमुखलाई धम्की दिइ रकम असुल्ने तीन जना पक्राउ



पहिलोपोस्ट

सरकारी कार्यालयका प्रमुखलाई धम्की दिइ रकम असुल्ने तीन जना पक्राउ

काठमाडौं : विभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई धम्की दिई रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा झापा जिल्ला गौरादह नगरपालिका वडा नम्बर ७ घर भई हाल बानेश्वर बस्ने विश्वराज शर्मा, झापाकै भद्रपुर नगरपालिका वडा नम्बर ८ घर भई हाल भक्तपुर बस्ने सुवाश कोईराला र भद्रपुरकै सुभम घिमिरेलाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए। 

आफू विप्लव समुहको काठमाडौं जिल्ला इन्चार्ज भएको बताउँदै घरमा बम पड्काउने र ज्यान मार्ने धम्की दिई रकम असुल्दै आएका तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

उनीहरुलाई शुक्रवार र आइतवार (आज) काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको एसपी ढकालले जानकारी दिए।

प्रहरीले सुवाश कोईरालाको साथबाट जनध्वनि साप्ताहिक समाचार पत्रको सम्पादकको परिचय पत्र समेत बरामद गरेको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell