
स्पेनिस ला लिगा अन्तर्गतको गएराति भएको खेलमा रियल मर्डिड भिल्ला रियालसँग २/२ को बराबरीमा रोकिएको छ।
खेलको १२ औं मिनेटमा भिल्लारियलले आफ्नो घरेलु मैदानमा अग्रता लिएको थियो। भिल्लाका लागि जेरार्ड मोरेनोले पहिलो गोल गरेका थिए। त्यस्तै, ४५ औं मिनेटमा रियलका गारेथ बेलले गोल गर्दै पहिलो हाफ बराबरीमा पुर्याएका थिए।
दोस्रो हाफमा पनि भिल्लारियलले नै अग्रता बनायो। खेलको ७४ औं मिनेटमा मोइ गोमेजले गोल गोल गर्दै भिल्लालाई फेरि एकपटक अग्रता दिलाए। तर, ८६ औं मिनेटमा फेरि बेलले नै गोल गर्दै खेल बराबरीमा ल्याए।
खेलको ९० औं मिनेटमा भने बेल दोहोरो पहेलो कार्ड खाँदै बाहिरिनु पर्यो। गएराति भएको खेलमा उत्कृस्ट प्रदर्शन गरेका बेललाई प्रशिक्षकको भूमिका सम्हाल्दै गर्दा प्रशिक्षक जिनेदिन जिदानले सरुवा बजारमा बेच्न चाहेका थिए। यद्यपि उनको योजना सफल हुन सकेको हुन सकेन।