PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

सागलाई २० टेबलटेनिस खेलाडीको प्रारम्भिक छनोट



पहिलोपोस्ट

काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २० टेबलटेनिस खेलाडी प्रारम्भिक छनोटमा परेका छन्। पुरुष/महिलामा समान १०–१० गरी २० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुषमा नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र विनेश खनिया, एपीएफका पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली, प्रहरीका प्रदीप रोका र चन्दन शाही, नेपाली सेनाका कृष्ण थापा मगर, प्रहरीका सुनिल महर्जन तथा सेनाका मणिकुमार लामा छनोट भए।

महिलामा प्रहरीकी नविता श्रेष्ठ, सेनाका स्वेच्छा नेम्वाङ, रविना महर्जन र दीक्षा तामाङ, प्रहरीकी एलिना महर्जन, एपीएफकी सेलिशा खड्गी, प्रहरीकी सोनु थापा मगर, एपीएफकी सिक्का सुवाल, प्रदेश १ की गीता भुजेल र आर्मीकी दीक्षा दाहाल छानिए। सागमा पुरुष/महिलामा समान ५–५ गरी १० खेलाडीले सहभागिताको अवसर पाउने  वज्राचार्यले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell