PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

उपनिर्वाचनमा भाग लिन नेकपा र समाजवादी पार्टी पुनः दर्ता हुनुपर्ने, आयोगले दियो भदौ मसान्तसम्मको समय



पहिलोपोस्ट

उपनिर्वाचनमा भाग लिन नेकपा र समाजवादी पार्टी पुनः दर्ता हुनुपर्ने, आयोगले दियो भदौ मसान्तसम्मको समय

काठमाडौँः मङ्सिर १४ गतेका लागि प्रस्तावित उपनिर्वाचनमा सत्तारुढ दुई दलले पुनः निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने भएको छ। निर्वाचन प्रयोजनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीले दल दर्ता गर्नुपर्ने भएको हो। एकापसमा गाभिएका दलहरूलाई उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान पनि गरेको छ। 

निर्वाचन आयोगले दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ। 

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भएको थियो। यस्तै, सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच पनि एकीकरण भएको थियो। एकीकरणपछि दुवै दल आयोगमा दर्ता भए पनि निर्वाचन प्रयोजनका लागि दर्ता भएका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell