PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

इन्टर मिलानका स्ट्राइकर लुकाकुलाई रंगीय दुर्व्यवहार



पहिलोपोस्ट

इन्टर मिलानका स्ट्राइकर लुकाकुलाई रंगीय दुर्व्यवहार

इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकुलाई समर्थकहरुले रंगीय दुर्व्यवहार गरेका छन्। इटालियन सिरी ए अन्तर्गत गएराति इन्टर मिलान र क्याग्लिआरीको खेल थियो। जसमा लुकाकुले पेनाल्टीमार्फत गोल गर्दा इन्टरले २–१ ले खेल जितेको थियो। पेनाल्टीमार्फत गोल गरेसँगै क्याग्लिआरीका समर्थकले उनलाई बाँदरको संज्ञा दिँदै दुर्व्यवहार गरेका थिए।

बेल्जियमका खेलाडी लुकाकु रंगीय दुर्व्यवहार भोग्ने पछिल्ला खेलाडी हुन। पोस्ट म्याच कन्फ्रेन्समा इन्टरका डिफेन्डर स्किृनिअरले समर्थकको क्रियाकलापको भत्सना गरे। ‘ती यस्ता कुरा हुन, जो फुटबलमा हुन हुँदैन।’ उनले भने।

इन्टरका कोच एन्टोइनो कोन्टेले समर्थकहरु सुधारिनु पर्ने बताए। ‘मैले बेञ्चबाट केही पनि सुनेको थिइनँ। यद्यपि, यो साँचो हो कि इटलीमा शिक्षाको आवश्यकता छ’ उनले भने, ‘अरु देशमा टिमलाई सपोर्ट गरिन्छ, र प्रतिद्वन्दी टिमलाई यसरी बेइज्जती गरिँदैन। खेलाडीलाई सम्मान गरिनै पर्छ।

खेल सकिन २० मिनेट समय बाँकी रहदा स्टेफानो सेन्सीलाई फल गरेपछि इन्टरले पेनाल्टीको मौका पाएको थियो। मौकाको सदुपयोग गर्दै लुकाकुले गोल गरेका थिए। त्यसलगत्तै समर्थकहरुले उनीमाथि दुर्व्यवहार गरेका थिए।

खेलमा लउटरो मार्टिन्जले २७ औँ मिनेटमा गोल गर्दै इन्टरलाई पहिलो हाफमै अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा काग्लियारीका जोआ पेड्रोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पेड्रोले खेलको ५० औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै ७२ औँ मिनेटमा मिलेको पेनाल्टीको सदुपयोग गर्दै रोमेलु लुकाकुले गोल गर्दा इन्टरले २–१ गोल अन्तरले खेल जितेको थियो।

लुकाकुलाई इन्टरले म्यानचेस्टर युनाइटेडबाट सात करोड ४० लाख पाउन्डमा भित्र्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell