PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु



रासस

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

चितवन : भरतपुर महानगरपालिका–१ आँपटारीमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। आज बिहान २:४० बजे ना ६ ख ७६८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।

मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अधिकारीलाई ठक्कर दिई भागेको बसलाई मकवानपुरमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ। मृतक अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell