PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

चितवनका छुट्टाछुट्टै स्थानमा दुई शव फेला



रासस

चितवनका छुट्टाछुट्टै स्थानमा दुई शव फेला

भरतपुर : चितवनका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ।

भरतपुर महानगरपालिका–२ आँपटारीमा अन्दाजी २७ वर्षका एक युवाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सनाखत हुन नसकेका घाइते अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

यस्तै आइतबार पूर्वी चितवनको कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने नमस्तेचोकमा एक पुरुषको शव फेला परेको छ। सनाखत हुन नसकेका अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ। दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell