PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

'औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड-२०७६' को मनोनयन सार्वजनिक



पहिलोपोस्ट

'औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड-२०७६' को मनोनयन सार्वजनिक

काठमाडौं : 'औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६' का लागि विभिन्न २२ विधामा उत्कृष्ट पाँच गीतहरुको मनोनयन सार्वजनिक भएको छ। 

अवार्ड आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले २०७५ बैशाख देखि चैत मसान्तसम्म बजारमा आएका गीतहरुलाई समावेश गर्दै अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो। विगत लामो समयदेखि मुलुकका विभिन्न ठाउँहरुमा औद्योगिक मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै पर्यटन तथा आर्थिक क्षेत्रमा क्रियाशील रहँदै आएको संस्थाले आफूसँग सहकार्य गर्दै आइरहेका कलाकारहरुको सम्मानमा अवार्डको आयोजना गरेको बताएको छ।

आगामी भाद्र २५ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा घोषणा गरिने अवार्ड कार्यक्रममा गीतसंगीतमा साधनारत व्यक्तित्वहरुलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ। जसमा लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा नेपालका पहिलो ड्रमर वरिष्ठ संगीतकर्मी देव रानालाई सम्मान गरिने आयोजक संस्थाका निर्देशक सूर्य चन्दले जानकारी दिए।

त्यसैगरी रजत सम्मानबाट वरिष्ठ संगीतकार राजु सिंहलाई सम्मान गरिने भएको छ भने पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार हरिहर विरहीलाई सम्मान गरिन लागिएको चन्दले बताए। कार्यक्रममा पत्रकार कृष्ण भुसाल, सोमप्रसाद बजगाईं शर्मा, किरण प्रसाद अधिकारी र कमला जोशीलाई समेत सम्मान गरिने भएको छ।

उक्त कार्यक्रममा लामो समयदेखि योगदान पुर्‍याउने समाजसेवी, खेलाडी, व्यापारी र मेला महोत्सवमा निरन्तर साथ र सहयोग पुर्‍याउने कलाकारलाई पनि सम्मान गरिने निर्देशक चन्दले बताए। 

मनोनयनमा परेका गीतहरु :

उत्कृष्ट गायक सुगम संगीत
१) रमेशराज भट्टराई : राखी
२) समीर आचार्य : पिचरोड
३) विश्वराम कार्की : सोलमारी टुच्च
४) नारायणबाबु कोइराला : नगकी नैना
५) रविन्सन श्रेष्ठ : गाउँबेसीमा

उत्कृष्ट गायिका सुगम संगीत
१) विद्या तिवारी : पिच रोड
२) सुजाता केसी : मलाई के थाहा त
३) रेणु मोक्तान : दिलै आज
४) संगीता राना प्रधान : प्रतिबिम्व तिम्रो
५) शोनी श्रेष्ठ : सुटुक्कै मेरो मन

उत्कृष्ट गीतकार सुगम संगीत
१) डा.डी.आर. उपाध्याय : स्वार्थी दुनियाँ
२) शान्तिप्रिय : याद तिम्रो
३) अमर वान्तु : जीवनको दौडमा
४) सुदन डोटेल : चुपचाप छौ
५) प्रकाश सापकोटा : दिलै आज

उत्कृष्ट संगीतकार सुगम संगीत
१) सन्तोष श्रेष्ठ : सन्तानको शीर
२) रेखा पौडेल : न दिलमा बास
३) सरोज प्याकुरेल : चुपचाप छौ
४) ज्योति प्रकाश : विन्ति छ मलाई
५) श्रीकृष्ण बममल्ल : तिमीले सोचेजस्तो

उत्कृष्ट युगल गायन सुगम संगीत
१) समीर आचार्य/विद्या तिवारी : घाममा सुकाइदेऊ
२) सहिमा श्रेष्ठ/डेविट शंकर : सलल बगेको पानी
३) धु्रव विस्को/सरु गौतम : मेरो प्रेम प्रस्ताव
४) मीन गुरुङ/बिना भट्टराई : बुढेसकालको लौरी
५) सहिमा श्रेष्ठ/सन्तोष बस्याल : ढाँट्यो मायाले

उत्कृष्ट गायक लोकदोहोरी
१) कुलेन्द्र वि.क. : सालको पात
२) सन्दिप न्यौपाने : लालुमै
३) बद्री पंगेनी : पानी सलल
४) भोजराज काफ्ले : औंठी हिराको
५) बैकुण्ठ महत : सुपारी चुइगम

उत्कृष्ट गायिका लोकदोहोरी
१) राधिका हमाल : लाहुरे
२) रुपा घर्ती मगर : पानी सलल
३) अमृता लुंगेली मगर : बनबास
४) विष्णुमाया पौडेल : शहर आएपछि
५) मञ्जु पौडेल : गाह्रो हुन्छ फेरी

उत्कृष्ट शब्द लोकदोहोरी
१) शिव हमाल : लालुमै
२) एकनारायण भण्डारी : पानी सलल
३) किस्ना आचार्य रोशनी : बासना
४) रमेश श्रेष्ठ : बर्खे भेल
५) नवराज पन्त     : सालको पात

उत्कृष्ट भाका लोकदोहोरी
१) शिव हमाल : लालुमै
२) नयन सोडारी ‘चिन्तित’ : बनबास
३) खेम सेन्चुरी : लाहुर
४) वसन्त थापा : सालको पात
५) माधव भण्डारी : रोधीघरमा नाचेको

उत्कृष्ट पप गायक
१) मानसराज : जे पर्ला पर्ला
२) सचिन रौनियार : ए मान्छे
३) रोज मोक्तान : शिर शिर हावा
४) शंकरलाल श्रेष्ठ : माया त लाउने हो
५) कमल के. क्षत्री : डबल माया

उत्कृष्ट पप गायिका
१) टीका प्रसाईं : माया लुकीलुकी
२) सोना अमात्य : म त खुल्ला छ
३) सुशीला पाठक : सानीलाई
४) सुजाता केसी : नेप्टी मोरी
५) लक्ष्मी पुरी प्रधान : सिठ्ठी बजाउँछन्

उत्कृष्ट पप रचनाकार
१) रमेश दाहाल : मिठो गीत
२) आनन्द अधिकारी : माया लुकी लुकी
३) मानसराज : जे पर्ला पर्ला
४) रोज मोक्तान : शिर शिर हावा
५) कुमार शिवाकोटी : सानीलाई

उत्कृष्ट पप संगीतकार
१) कल्याण सिंह : सानीलाई
२) जितेन लेप्चा : ए मान्छे
३) आशिष अबिरल : माया लुकी लुकी
४) विकास पाण्डे     : डबल माया
५) रोज मोक्तान : शिर शिर हावा

उत्कृष्ट कल्चरल गीत
१) रुद्र सेन विश्वकर्मा : कानो आहाके झुम्का
२) इन्द्र दोङ लामा : लुंगी र चोली
३) लक्ष्मी तामाङ : डम्फूको ताक्धुम
४) सुसन साम्सोहाङ लिम्बू : माकसे फेक्ते
५) सोनी राजभण्डारी : लुमन्ती छेंगु

उत्कृष्ट राष्ट्रिय भाव
१) अम्बिका गुरुङ : मेरो देश नेपाल
२) विश्वराम कार्की : देशको लागि मरिन्छ
३) रमेश दाहाल : जननी जन्मभूमिश्च
४) अमृत देवकोटा सुनार : ढाका टोपी दौरा सुरुवाल
५) पारसमणि बराल : हिमाल शिर हो

उत्कृष्ट नव प्रतिभा
१) सञ्जु न्यौपाने : लाहुर
२) इन्द्र दोङ लामा : लुंगी र चोली
३) लिजा लामा : नेपाली चेली
४) सरिता भारती : मेरो जवानी
५) सञ्जीव बस्नेत : बुट्टे चोलीमा

उत्कृष्ट नवनिर्देशक
१) प्रहिल कार्की : प्रेमको तिर्खा
२) ओम श्रेष्ठ : मलेसियामा
३) गौतम शेर्पा : धोका
४) दिपकराज पाठक : मैले भन्दा
५) दिपक समीर    : फैलियो माया दुबोसरी

उत्कृष्ट नव मोडल महिला
१) विनु शाक्य : प्रतिबिम्व
२) सुशील पाठक : सानीलाई
३) मनिषा सापकोटा : हामी बादलभित्र
४) सानु खतिवडा : मलाई नेपाली चेली भन्दा
५) सुशीला थापा    : हजार गल्ती

उत्कृष्ट नव मोडल पुरुष
१) विशाल थापा    : प्रतिबिम्व
२) समीर लामा : सुनन प्यारी
३) रोजेन सुन्दास : प्रेमको परिभाषा
४) अमन श्रेष्ठ : तिम्रो आँखाको रङ
५) विजय तामाङ : तिम्रो मायालु

उत्कृष्ट निर्देशक
१) सुमन : विन्ती छ मलाई
२) बबिता श्रेष्ठ    : तिम्रो आँखाको रङ
३) हेम प्रभास : हावाको झोका
४) राजीव श्रेष्ठ : मनको मिलन
५) सुभाष प्रधान : प्रतिबिम्व

उत्कृष्ट मोडल महिला
१) मिनाक्षी महतरा : सुस्तरी
२) उषा सुवेदी : धोका
३) संचिता शाही : तिम्रो आँखाको रङ
४) साया भण्डारी : सुन सबैले सुन
५) अनिषा न्यौपाने : मेरो माया

उत्कृष्ट मोडल पुरुष
१) नारायण ढकाल : विन्ती छ मलाई
२) नयन डी.सी. : भाइरल भयो रे
३) जेम्स बिसी : नथियावाली
४) दुर्गेश थापा : राखी
५) विकास लामिछाने : के पायौ र धन
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell