PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ह्याकरले लुटेको पैसा इन्भेष्टमेन्ट बैंकले फिर्ता पायो



पहिलोपोस्ट

ह्याकरले लुटेको पैसा इन्भेष्टमेन्ट बैंकले फिर्ता पायो

काठमाडौं : चिनियाँ ह्याकरहरुले सिस्टम ह्याक गरी नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएममार्फत लुटेको पैसा बैंकले फिर्ता पाएको छ।

ह्याकरहरुले इन्भेष्टमेन्ट बैंकलगायत नेपालका विभिन्न बैंकका एटीएमबाट पैसा निकालेका थिए। जसअन्तर्गत इन्भेष्टमेन्ट बैंकको एटिएमबाट निकालिएको ५० लाख रुपैया बैंकले फिर्ता पाएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले जानकारी दिए।

पाण्डेले भने, 'हाम्रो एटिएमबाट ह्याकरहरुले ५० लाख रुपैयाँ निकालेका थिए। त्यो पैसा हामीलाई भिसा नेटवर्कले फिर्ता गरिसकेको छ।'

ह्याकरले नेप्स र भिसाको सम्पर्क हुने बीचमा बसेर पैसा लुटेका थिए। त्यसैले बैंकको पैसा फिर्ता गर्ने पहिलो दायित्व भिसाको हुन्छ। भिसाले नेप्ससँग पैसा माग्नु पर्ने हुन्छ। 

ह्याकरले पैसा कसरी झिके, नेप्सको नेटवर्कसम्म कसरी पुगे भन्ने पत्ता लगाउन अझैसम्म सकिएको छैन। त्यसका लागि फरेन्सिक टिम बोलाउने निर्णय भएको छ। तर हालसम्म नेप्सले फरेन्सिक टिम मगाउनका लागि सम्पर्क गरिरहेको भएपनि भेट्न भने सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell