PahiloPost

May 16, 2026 | २ जेठ २०८३

आन्तरिक राजस्वका कम्प्युटर अपरेटर लामा घुससहित पक्राउ



राधेश्याम पटेल

आन्तरिक राजस्वका कम्प्युटर अपरेटर लामा घुससहित पक्राउ

वीरगन्ज : आन्तरिक राजस्व कार्यालय सिमरा बाराका कम्प्युटर अपरेटर सुदीप लामा ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट आएको टोलीले कम्प्युटर अपरेटर लामालाई सोमबार साँझ पक्राउ गरेको हो। लामो समयदेखि कर नतिरेको प्यान नम्बर बन्द गर्न सहुलियत गरिदिने भन्दै पैसा माग्दै आएका लामालाई अख्तियारको टोलीले सोमबार साँझ पक्राउ गरेको आयोगको हेटौंडा कार्यालय प्रमुख हुमकला पाण्डेले बताइन्। 

कार्यालय समय सकिएपछि साँझ घुस रकम लिएका थिए। सिमराको एक होटेलमा खाजा खान बसेको समयमा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

यसै गरी सोमबार दिउँसो अख्तियारले मालपोत कार्यालय बाराका नायव सुब्बा हरिमोहनसिंह क्षेत्रीलाई घुस रकमसहित पक्राउ गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell