PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

दृश्यमा ऋषि पञ्चमी

दृश्यमा ऋषि पञ्चमी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज महिलाहरुले सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन्।
महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन्।
रजस्वलाका समयमा छुइछाइलगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।
आज काठमाडौँको टेकु, पशुपति, गौरीघाट, गोकर्णेश्वर र मूलपानीलगायत देशभरिका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुईंचो लाग्ने गर्छ। हेर्नुहोस् तस्बिरमा :



ट्रेन्डिङ पोस्ट

Ncell