PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत प्रदान



रासस

हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत प्रदान
फोटो : रासस ।

इनरुवा : जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ। 
    
कोशी गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ प्रदान गरिएको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए। कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो।

गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको नेतृत्वमा गएको टोलीले मृतक परिवारलाई राहत रकम हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ। माछा मार्ने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गर्दा मुखियाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell