PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

अक्षयको 'मिशन मंगल'ले अस्ट्रेलियामा कमायो २ करोड ९१ लाख



पहिलोपोस्ट

अक्षयको 'मिशन मंगल'ले अस्ट्रेलियामा कमायो २ करोड ९१ लाख
फोटो : Mashable India ।

बलिउड स्टार अक्षय कुमारको फिल्म 'मिशन मंगल'ले बक्स अफिसमा आक्रमक व्यापार गरेको छ। जगन शक्ति निर्देशित मिशन मंगलले भारतमा मात्र नभएर अस्ट्रेलियामा पनि नयाँ रेकर्ड कायम गरेको छ।

अस्ट्रेलियामा प्रर्दशन भएको अक्षय कुमारको अन्य फिल्मको तुलनामा मिशन मंगल सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ। १५ अगस्टदेखि प्रर्दशनमा आएको यस फिल्मले हालसम्म १८७ करोड (भारती रुपैयाँ) को व्यापार गरेको आजतकले जनाएको छ

ट्रेण्ड एनालिस्ट तरण आदर्शले मिशन मंगलको बक्स अफिस कलेक्सन सार्वजनिक गर्दै ट्वीटरमा लेखेका छन् 'मिशन मंगल अस्ट्रेलियामा अक्षय कुमारको सबै भन्दै बढी कमाइ गर्ने फिल्ममा परेको छ। १ सेप्टेम्बरसम्म फिल्मले २ करोड ९१ लाख कमाइ गरेको थियो। यसअघि अस्ट्रेलियामा अक्षयको हाउसफुल, केसरी, प्याड म्यान, लगायतका फिल्म प्रर्दशन भएका थिए।'

भारु ३२ करोड को लागतमा निर्माण भएको मिशन मंगलमा अक्षयसँगै विध्या वालन, तापसी पन्नु, सोनाक्षी सिन्हालगायतका कलाकारले अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell