PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

अमेरिकासँग वार्ता गरिरहेको तालिवानद्वारा काबुलमा कार बम विस्फोट



पहिलोपोस्ट

अमेरिकासँग वार्ता गरिरहेको तालिवानद्वारा काबुलमा कार बम विस्फोट
फोटो : AP ।

काबुल : अफ्गानिस्तानको राजधानी काबुलमा सोमबार राति भएको कार बम विस्फोटमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। विस्फोटको जिम्मेवारी तालिवानले लिएको छ।

अमेरिकाका कुटनीतिज्ञ तालिवानसँग भएको वार्ताको बारेमा जानकारी गराउन अफ्गानिस्तानका राष्ट्रपति अश्राफ घानीलाई भेट्न गएको केही घण्टामै विस्फोट भएको रोयटर्सले जनाएको छ। उक्त आत्मघाती कार बम विस्फोट भयानक भएको र विस्फोटको प्रभाव केही किलोमिटर परसम्म महशुस गरिएको थियो।

अमेरिका र तालिवानसँग अफ्गानिस्तानबाट ५ हजार अमेरिकी सैनिक हटाउने सहमती भएको थियो। सोही कुराको जानकारी गराउन अमेरिकी कुटनीतिज्ञ राष्ट्रपति कार्यालय पुगेका थिए।

विस्फोट विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका कर्मचारीहरुको आवास रहेको ग्रीन भिलेजलाई लक्षित गरी गरिएको छ। विस्फोटका कारण नजिकैको तेल पम्प र ग्रीन भिलेज भित्रको जेनेरेटरमा आगलागी भएको थियो।

विदेशी शक्तिलाई लक्षित गरी विस्फोट गरिएको तालिवानका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए। उनले त्यो आत्मघाती कार बम विस्फोट भएको बताएका छन्। उक्त विस्फोट अमेरिकी तथा अफ्गान सुरक्षाकर्मीले देशका अन्य भागमा गरेको कारवाहीको प्रतिक्रिया भएको उनले बताए।

बम विस्फोटमा मृत्यु हुनेको संख्या मंगलवार १६ पुगेको त्यहाँका सरकारी अधिकारीहरुलाई उदृढ गर्दै एपीले जनाएको छ। त्यस्तै विस्फोटमा ११९ जना घाइते भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell