PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

प्रधानमन्त्रीलाई लिन ने क पा महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान, गएनन् बामदेव



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई लिन ने क पा महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान, गएनन् बामदेव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन। सिंगापुरमा उपचाररत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न महासचिव पौडेल आज दिउँसो थाइ एअरबाट सिंगापुर गएका हुन्।

'उहाँ प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सिंगापुर जानुभएको हो' पौडेलका स्वकीय सचिव यम पाण्डेले भने, 'उहाँको अन्य कार्यक्रम छैन। हालसम्म शुक्रबार प्रधानमन्त्री ओलीसँगै फर्कने कुरा छ।'

पौडेलसँगै नेता वामदेव गौतम पनि जाने समाचार आएको थियो। तर, गौतम भने गएका छैनन।

ने क पाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले पार्टीमा महसचिव पौडेल मात्रै जाने कुरा भएकाले गौतम पनि जाने भन्ने गलत भएको बताए।

उनले भने, 'बामदेब कमरेड जान्छु भन्नुभएको थिएन। उहाँ जाने हल्ला कताबाट आयो थाहा भएन।'

प्लाज्मा फेरिसस पक्रियाबाट उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार भोलि (बुधबार) सकिँदैछ। गत ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell