
काठमाडौं : पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा छुटेका सञ्चारकर्मी रवि लामिछाने जिल्ला अदालतको निर्णयको बदर माग गर्दै उच्च अदालत हेटौडा पुगेका छन्।
गत भदौ ९ गते संचारकर्मी लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको थियो।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको थियो। संचारकर्मी लामिछाने र पत्रकार कँडेलले उच्च अदालत हेटौंडा पुगेर साधारण तारिकम रिहा हुन उजुरी दिएका हुन्।
मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ। आत्महत्या दुरुत्साहनमा ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ। धरौटीमा रिहा भएको कारण लामिछानेको मुद्धा अझै अदालतमा विचारधीन हुन्छ।
उच्च अदालतले दिने आदेशले यो प्रकरणमा नयाँ मोड लिनसक्छ।