PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

पाँच वर्षपछि सकियो 'शिवा' फिल्मको सुटिङ, मंसिर २७ गतेदेखि हलमा



पहिलोपोस्ट

पाँच वर्षपछि सकियो 'शिवा' फिल्मको सुटिङ, मंसिर २७ गतेदेखि हलमा

काठमाडौं : रामकाजी घिमिरे निर्देशित फिल्म 'शिवा' को प्रर्दशन मिति तय गरिएको छ। मंसिर २७ गतेको लागि फिल्मको प्रर्दशन मिति तय गरिएको निर्माण टिमले एक कार्यक्रममार्फत जानकारी दियो।

यो फिल्मको निर्माण २०७२ सालदेखि सुरु भएपनि केही प्राविधिक कारणले गर्दा फिल्मको सुटिङ सकिन लामो समय लागेको निर्देशक रामकाजी घिमिरेले बताए। फिल्ममा सञ्जिता लुँइटेल र किशोर खड्काको मुख्य भूमिका रहेको छ।

सामाजिक परिवेशमा निर्माण भएको यस फिल्मको ट्रेलरमा प्रेम, द्वन्द्व र संचार जगतलाई प्रस्तुत गरिएको छ। शिवामा सञ्चिता र किशोरसँगै ज्याक श्रेष्ठ, होम दवाडी, पुर्णिमा लामा, शम्भु गहतराजलगायतका कलाकारहरुले अभिनय गरेका छन्।

हिमश्री फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्ममा मदन खत्री र सुकराज विकले लगानी गरेका छन्। फिल्ममा सम्राट बस्नेतको द्वन्द्व, राजु ढुंगानाको सम्पादन र वीरेन्द्र भट्टको छायांकन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell