PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

डेंगु रोगीको निःशुल्क उपचार गर्न स्वास्थ्य राज्यमन्त्रीको निर्देशन



रासस

डेंगु रोगीको निःशुल्क उपचार गर्न स्वास्थ्य राज्यमन्त्रीको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेंगु परीक्षण तथा उपचार गर्न आउने विरामीसँत शुल्क नलिन निर्देशन दिएको छ।

पछिल्लो समय काठमाडौँलगायत देशभर डेंगु रोग प्रकोपका रुपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने सो अस्पताललाई मन्त्रालयले आज नि:शुल्क उपचार गर्ने निर्देशन दिएको हो। अस्पतालका अनुसार अहिले अस्पतालमा २४ जना डेंगुका विरामी उपचारत छन्।

स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले अस्पतालको आज निरीक्षणका क्रममा सेवा लिन अस्पतालमा आउने विरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र यहाँ आएका विरामीलाई अन्यत्र ‘रिफर’ नगर्नसमेत निर्देशन दिए। 

उनले डेंगु रोगलगायत अन्य रोगका उपचाररत विरामीलाई भेट गरी सेवाका बारेमा जानकारीसमेत लिएका थिए। अस्पतालमा आज मात्र ५२२ जनाले डेङ्गु रोगका बारेमा परीक्षण गराएको निर्देशक चिकित्सक वासुदेव पाण्डेले जानकारी दिए। रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेंगु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको छ।

उनले भने, 'अस्पतालले आजबाट छुट्टै ‘फिबर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ। सो क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेका छौँ।'

सो अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक चिकित्सक सुशीलनाथ प्याकुरेलले डेंगु रोग नियन्त्रण गर्न उपचारात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell