PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

चिठ्ठीबाट नै फिरौती र ज्यान मार्ने धम्की, २० लाख रुपैयाँ लिन बालाजु पुगेका युवक प्रहरी फन्दामा



पहिलोपोस्ट

चिठ्ठीबाट नै फिरौती र ज्यान मार्ने धम्की, २० लाख रुपैयाँ लिन बालाजु पुगेका युवक प्रहरी फन्दामा

काठमाडौः फिरौतीको रकम नदिए ज्यान मार्ने र बम विस्फोट गर्ने धम्की दिने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले मंगलवार धादिङ वेनिघाट रोराङग गाउँपालिका वडा नम्वर ५ घर भएका २९ वर्षी सन्तोष कँडेललाई नियन्त्रणमा लिएको हो। उनले स्युचाटर नागार्जुन नगरपालीका  आदर्श नगरटोल घर भएकी रञ्जु त्रिपाटीलाई २० लाख रुपैयाँ नदिए छोरीको हत्या गर्ने र घरमा विस्फोट गर्ने धम्की दिएको प्रहरीले जानकारी दिएको छ।

कँडेलले गत १३  गते अन्दाजी  बिहान करिव सावाँ ११ वजे चिठ्ठी मार्फत धम्की दिएका थिए। त्रिपाटीको घरमा भाडामा वस्ने  एक व्यक्ति मार्फत पुगेको चिठीमा  हेर्दा र २० लाख  रुपैयाँ  मंगलवार ( आज) लिएर १ वजे वालाजु पुलमा लिएर आउनु  भनिएको थियो। चिठीमा प्रहरी र आफन्तलाई जानकारी गराएमा र  रकम नदिएमा छोरिलाई सिध्याई दिने र घरमा समेत वम राखी उडाई दिने धम्कि दिएको प्रहरीले बताएको छ।
त्रिपाठीका आफन्तले  वृत्त कालीमाटीका कार्यालय प्रमुखलाई जानकारी दिएपछि प्रहरी १२ वजे वालाजुमा पुगेर कँडेललाई नियन्त्रणमा लिन सफल भएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell