PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

१६ दिन बसेको कांग्रेस केन्द्रीय समितिः १४ कार्यसूचीमा सहमत, सहमति आज सार्वजनिक गरिने



पहिलोपोस्ट

१६ दिन बसेको कांग्रेस केन्द्रीय समितिः १४ कार्यसूचीमा सहमत, सहमति आज सार्वजनिक गरिने

काठमाडौंः असार २२ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएका पछिल्ला एजेन्डाहरु माथि मंगलबार छलफल सकिएको छ।

१६ औं पटकसम्म चलेको बैठकले प्रस्तावित १४ वटै एजेन्डा सर्वसम्मतिका साथ निर्णय गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

मंगलबार साँझ जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'असार २२ मा प्रारम्भ भई पटक–पटक गरी १६ दिन बसेको केन्द्रीय कार्यसमितिको बैठक प्रस्तावित १४ वटै एजेण्डामा सर्वसम्मतिका साथ निर्णय गरी आज सम्पन्न भएको छ।'

केन्द्रीय समितिमा नेविसंघ लगायत विभिन्न भातृ संगठन, केही जनसम्पर्क समितिका विषय र वर्तमान राजनीतिक अवस्थाबारे छलफल सुरु गरिएको थियो।

सहमतिका विषय कांग्रेसले आज सार्वजनिक गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell