PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

हतियारधारी नियन्त्रणमा लिन पर्सामा प्रहरीले चलायो गोली



राधेश्याम पटेल

हतियारधारी नियन्त्रणमा लिन पर्सामा प्रहरीले चलायो गोली
गोली चलाई नियन्त्रणमा लिइएका दास उपचारका क्रममा

वीरगंजः पर्सा प्रहरीले एक जना हतियारधारी नियन्त्रणमा लिन गोली चलाएको छ।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले एक थान पेस्तोल र पेस्तोलमा लाग्ने १७ राउन्ड गोली बोकेका वीरगंज -१६ नगवाका ३५ वर्षिय सन्तोष दासलाई गोली चलाई नियन्त्रणमा लिएको पर्साका डिएसपी गौतम थापाले जानकारी दिए।

दासको दाहिने खुट्टामा गोली लागेको छ। प्रहरीले भने जवाफी फायरिङ गरेको दाबी गरेको छ।

'साँझको समयमा हतियार बोकी दास रामगढवातिरबाट पावरहाउस चोकतिर आइरहेको अवस्थामा प्रहरीले वीरगंज -१३ राधेमाइ चोकमा चेकजाँचमा उनीसँग हतियार रहेको देख्यो', डिएसपी थापाले भने, 'दासले प्रहरीमाथि फायर खोल्ने देखेर जवाफी फायरिङ गरी नियन्त्रणमा लिइएको हो।'

दासको हाल नारायणी अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell