PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कपनमा एकै कारखानामा काम गर्ने युवाबीच झडप हुँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

कपनमा एकै कारखानामा काम गर्ने युवाबीच झडप हुँदा एक जनाको मृत्यु

काठमाडौँः कपनमा एकै कारखानामा काम गर्ने युवाबीचको झडपमा एक जनाको ज्यान गएको छ।

मंगलबार राति भएको झडपमा खोटाङ बारपोखरी ६ घर भएका आदर्शनगर बस्ने सञ्जय राईको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख निरीक्षक सुरक्षा केसीले जानकारी दिइन्।

एउटै कारखानामा काम गर्ने उनीहरु बीच मदिरा सेवनपछि आर्थिक लेनदेनको विषयमा झगडा भएको थियो।

प्रहरीले हत्याको अभियोगमा संखुवासभा खावाखोला ४ घर भएका डब्बु भन्ने प्रेम राई र इलाम सिटीढुंगा घर भएका सुशाङ्क राई लगायत चार जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार स्वयम्भूमा दुई युवा समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell