काठमाडौँः बालुवाटरस्थित ललिता निवास जग्गा प्रकरण थप ५८ जनालाई बयानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ।
बुधबार सार्वजनिक सूचना जारी गर्दै बयानको लागि बोलाएको हो। अख्तियारले बयानको लागि बोलाएको सूचीमा व्यापारी समेत रहेका छन्। सार्वजनिक सूचनामा सात दिनभित्र उपस्थित हुन भनिएको छ।
अख्तियारको सूचीमा कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार, मनोज कुमार केडिया लगायत ५८ जना रहेका छन्।
अख्तियारले यसअघि गत असारमा ८६ जनालाई बयानको लागि सार्वजनिक सूचना जारी गर्दै बोलाएको थियो।
हेर्नुस् को को?