PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बसको ठक्करबाट जुम्लामा एक युवकको मुत्यु



रासस

बसको ठक्करबाट जुम्लामा एक युवकको मुत्यु

खलंगा : जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ। कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे १ ज ७९६ नम्बरको बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।

उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell