PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

गेस्ट हाउसका वेटरलाई तेस्रो तलाबाट फाल्ने ३ जना पक्राउ



पहिलोपोस्ट

गेस्ट हाउसका वेटरलाई तेस्रो तलाबाट फाल्ने ३ जना पक्राउ

काठमाडौं : कलंकीस्थित नारायणी गेस्ट हाउसका वेटरलाई तेस्रो तल्लाबाट तल फाल्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मकवानपुर दशहरा गाउँपालिका-४ घर भई हाल काठमाडौं-१४ खड्का गाउँ बस्ने १८ वर्षीय विनय वाइबा लामा, गुल्मी जिल्ला मालिका गाउँपालिका-८ घर भई हाल सानो भर्‍याङ बस्ने १७ वर्षीय सविन अर्याल र रामेछाप जिल्ला गुन्छी मदौरे घर भई हाल नैकाप बस्ने वर्ष १८ का निशान धमला रहेका छन्।

फरार रहेका २ जनाको खोजी कार्य जारी रहेको प्रहरी वृत कालीमाटीले जनाएको छ।

उनीहरु सोमवार उक्त गेस्ट हाउसमा बस्न आएका थिए। सोही दिन राती १०:४० वजे खाना पुर्‍याउन गएका होटलका वेटर विवेक सोनाम सुनारलाई उनीहरुले खानाको विवादमा तेस्रो तल्लाबाट तल फालेको प्रहरीले जनाकको छ। घटनाबारे गेस्ट हाउसका संचालक नारायण पुडासैनीले प्रहरी वृत्त कालीमाटीलाई जानकारी दिएका थिए। घटनापछि फरार रहेका उनीहरु ३ जनालाई कलंकीबाट स्युचाटारतर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

घाइते सुनारलाई उपचारको लागी शहिद मेमोरियल अस्पताल लगिएको प्रहरीले जानकारी दियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell