
काठमाडौं: नादेज्दा कप खेल्न कीर्गिस्तान जाने नेपाली महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले आज एक कार्यक्रमबीच विदाइ गरेको छ। खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले विदाइ गरेका थिए। नेपाली टोली बिहीबार कीर्गिस्तान प्रस्तान गर्ने छ।
नेपाल, आयोजक कीर्गिस्तान, उज्बेकिस्तान र ताजकिस्तानको सहभागिता रहने उक्त नादेज्दा कपलाई नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा पनि हेरिएको छ।
प्रतियोगितामा नेपालले पहिलो खेल भदौ २२ गते आयोजक कीर्गिस्तानसँग खेल्ने छ। त्यस्तै, २३ गते उज्बेकिस्तान र २४ गते ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ। समूह चरणबाट शीर्ष २ टिमले फाइनल खेल खेल्ने छन्।
कोको जाँदै छन?
खेलाडीः एन्जिला तोम्बाफो सुब्बा, अन्जना राना मगर, पुनम जर्घा मगर, हीरा कुमारी भुजेल, अमृता जैसी, दीपा राई, रेनुका नगरकोटे, अनिता बस्नेत, मञ्जली कुमारी योञ्जन, सरु लिम्बु, सावित्रा भण्डारी, निरु थापा, रेखा पौडेल, अनिता केसी, गीता राना, कविता धिमाल, विमला चौधरी, इन्दिरा राई
अफिसियलः प्रमुख प्रशिक्षक हरि खड्का, सहायक प्रशिक्षक अरुणा गुरुङ्, फिजियोथेरापिस्ट नबीना श्रेष्ठ, टिम डाइरेक्टर राजु डंगोल महर्जन, म्यानेजर पेमा डोल्मा लामा