PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा हुने



पहिलोपोस्ट

नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा हुने

'आइएमई नेपाल लोक स्टार'मा अब टप–टेनका लागि सांगीतिक प्रतिस्पर्धा हुने भएको छ।

टप–टेनमा पर्न सफल प्रतियोगीहरुमा बिनोद दनुवार (उदयपुर), चेतन गोतामे (स्याङजा), दीपेन्द्र राइ (भोजपुर), मुना अर्याल (चितवन), पबिन्द्र सुनार (बाजुरा), प्रभुराज पाण्डे (बाजुरा), रामकुमार नेपाली (रामेछाप), रविराज शाह (सर्लाही), शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) रहेका छन्।

७ प्रदेशका मुख्य सहरहरु धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र काठमाडौंमा भएका अडिसनबाट ३५० जना प्रतिस्पर्धीहरु छनोट भएका थिए। छनोट भएका ३५० प्रतिस्पर्धीमध्ये १०९ जनाले निर्णायक अडिसन प्रवेश गरे, जसमा निर्णायकहरुले शीर्ष २५ प्रतिस्पर्धीहरु छनोट गरेका थिए।

कार्यक्रममा टप २५, टप २०, टप १६ हुँदै टप १० प्रतियोगीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो।

उक्त रियालिटी शोमा कुल ३६ शृंखला निर्माण गरिने आयोजकले जानकारी दिएको छ।

आफ्नै मौलिक संगीतलाई अन्तर्राष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको शोमा करिब १० करोड रुपैयाँ लागत रहेको छ। 

प्रत्येक बिहीवार र शुक्रवार बेलुकी ८:३० बजे एपी१ एचडी र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आइएमई नेपाल लोक स्टारको प्रथम पुरस्कार ५० लाख, द्वितीय पुरस्कार २५ लाख रहेको र तृतीय पुरस्कार १० लाख रुपैयाँ रहेको छ।

साथै तिनै विजेताहरुलाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था पनि रहेको छ। कार्यक्रमका निर्णायकहरु सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बि.बि. अनुरागी रहेका छन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell