PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

युएस ओपनः पाँचपटकको च्याम्पियन रोजर फेडेरर बाहिरिए



पहिलोपोस्ट

युएस ओपनः पाँचपटकको च्याम्पियन रोजर फेडेरर बाहिरिए

पाँचपटक च्याम्पियन बनिसकेका तथा विश्व नम्बर २ रोजर फेडेरर युएस ओपन टेनिसबाट बाहिरिएका छन्। उनलाई  क्वाटरफाइनलमा बुल्गेरियाका ग्रिगोर डिमित्रोबले पराजित गरेका हुन। फेडरर ३–६, ६–४, ३–६, ६–४, ६–२ को सेटमा पराजित भएका हुन्।

पहिलो सेट ६–३ ले जितेर बलियो सुरुवात गरेका फेडेररले दोस्रो सेट ४–६ ले गुमाए। त्यस्तै, तेस्रो सेटमा पुनरागमन गरे पनि बाँकी सेट गुमाउदा प्रतियोगिताबाट बाहिरिन पुगे। २८ वर्षे दिमित्रोवले ३ घण्टा १२ मिनेटको प्रतिस्पर्धाबाट ३८ वर्षे फेडेररलाई पराजित गर्न पुगे। यो उनको फेडेरर माथि पहिलो जित हो। यसअघि उनीहरुबीच ७ पटक प्रतिस्पर्धा भएको थियो जसमा सबै फेडेररले जितेका थिए।

विश्वनं ७८ रहेका डिमित्रोव पछिल्लो ११ वर्षमा कुनै ग्रेडस्लेमको सेमीफाइनलमा पुग्ने सबैभन्दा कम बरियताका खेलाडी बनेका छन।

डिमित्रोबले अब रसियाका डेनिल मेडवेडेवसँग प्रतिस्पर्धा गर्ने छन्।  मेडवेडेवले क्वाटरफाइनलमा स्वीजरल्याण्डका स्टेन बावरिंकालाई ७–६ ९८–६०, ६–३, ३–६, ६–१ को सेटमा पराजित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell