PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

'एपिक नेपाल म्युजिक अवार्ड' दोस्रो संस्करणका लागि आवेदन खुला



पहिलोपोस्ट

'एपिक नेपाल म्युजिक अवार्ड' दोस्रो संस्करणका लागि आवेदन खुला

एपिक नेपाल म्युजिकको आयोजनामा हुने सांगीतिक अवार्ड कार्यक्रमको दोस्रो संस्करण घोषणा भएको छ। 'एपिक नेपाल म्युजिक अवार्ड २०७६' आउँदो मंसिर दोश्रो साता हुने भएको हो। काठमाडौंमा हुने अवार्ड कार्यक्रमका लागि आवेदन खुला गरिएको छ।

'कला र गला संरक्षण हाम्रो अभियान, अग्रजलाई सम्मान नवलाई प्रोत्साहन' अवार्डको मुल नारा रहनेछ। नेपाली लोक गीत संगीतको क्षेत्रमा सक्रिय एवं नयाँ संगीतकर्मीलाई विभिन्‍न अवार्ड प्रदान गरिनेछ।

२०७५ साल जेठ १ गते देखि २०७६ असार मसान्तसम्ममा सार्वजनिक भएका नेपाली लोकदोहोरी, आधुनिक, पप, लोकपप साथै काठे र देउडा गीतले सहभागिता जनाउन पाउने एपिक नेपाल म्युजिकका अध्यक्ष अमन श्रेष्ठले जानकारी दिए।

अवार्ड वितरण समारोहमा गीत संगीतको क्षेत्रका योगदान पुर्‍याएका एकलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड र नेपाली गीत संगीतको क्षेत्रमा कलम चलाउने एक पत्रकारलाई एपिक कला पत्रकारिता पुरस्कारबाट सम्मान गरिने समेत जानकारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell