PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

पाइलटले दुर्घटनाबाट जोगाए सीता एयरको जहाज, उडेलगत्तै इन्जिन फेल



पहिलोपोस्ट

पाइलटले दुर्घटनाबाट जोगाए सीता एयरको जहाज, उडेलगत्तै इन्जिन फेल

काठमाडौं : लुक्लाबाट बुधबार बिहान काठमाडौंका लागि उडेको सीता एयरको जहाज पाइलटको कुशलताले दुर्घटना हुनबाट जोगिएको छ। ९-एन-एजेएच (अल्फा जुनियर होटल) कलसाइन जहाजको इन्जिन लुक्लाबाट उडेको ३ मिनेटमै फेल भएको थियो।

लुक्लाबाट चालकदलका तीनजना सहित आएको जहाज टेकअफ गरेको ३ मिनेटमा इन्जिनमा समस्या उत्पन्न भएको लुक्ला विमानस्थलका प्रमुख इमनाथ अधिकारीले पुष्टि गरे।

'सीता एयरको यो जहाज डबल इन्जिनयुक्त जहाज हो। जहाज यहाँबाट उडेको ३ मिनेटमै दुईमध्ये एउटा इन्जिनमा समस्या आएको थियो। पाइलटले काठमाडौंमा सकुशल जहाज अवतरण गरिसकेका छन्,' अधिकारीले भने, 'सीता एयरको डोर्नियर लुक्लाबाट बिहान ८ बजेर २१ मिनेटमा उडेको थियो। ८ बजेर २४ मिनेटमा जहाजको एउटा इन्जिन समस्या उत्पन्न भएको रिपोर्ट आयो। पाइलटले बिहान ८ बजेर ५० मिनेटमा काठमाडौंमा सफलतापूर्वक जहाज अवतरण गराइसकेका छन्।'

१९ सीट क्षमताको सीता एयरको यो डोर्नियर जहाज क्याप्टेन भरत थापा र क्याप्टेन प्रदीप अधिकारीले उडाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell