PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

गगन थापाको प्रश्न : प्रधानमन्त्री ओलीलाई विरामी हुँदा पनि किन दु:ख दिइरहेको?



पहिलोपोस्ट

गगन थापाको प्रश्न : प्रधानमन्त्री ओलीलाई विरामी हुँदा पनि किन दु:ख दिइरहेको?

काठमाडौं : प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य अवस्थाका कारण विश्राम गर्नुपर्ने बताएका छन्।

बुधबार संसदमा बोल्दै सांसद थापाले स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री ओली पटक पटक उपचारका लागि विदेश गएर लामो समयसम्म बस्दा देशको कुटनीतिक मर्यादा र राष्ट्रिय सुरक्षामा जोखिमको प्रश्न उठ्ने बताए।

उनले भने, 'प्रत्येक दुई तीन महिनामा विदेश गएर टिलिप्रिजेन्ट मार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर शासकीय जिम्मेवारी पूरा हुन सक्दैन।'

उनले बहुमत प्राप्त सत्तारुढ दलमा पटकपटक देश चलाइसकेका नेता रहेको भन्दै प्रश्न गरे, प्रधानमन्त्रीलाई विश्राम दिन किन चाहिरहेका छैनौँ?

'ने क पाका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर संबोधन गरेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ' उनले भने, 'हाम्रा बा बिरामी भएको भए आराम गर्नुस, धपेडी गर्नुस भन्थ्यौँ। तर प्रधानमन्त्री बालाई किन  यसो भन्न सक्दैनौँ?'

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसदलाई यथार्थ जानकारी नगराइएको भन्दै उनले जनताले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी पाउनुपर्ने बताए।

निजी चिकित्सकलाई उद्दत गर्दै बाहिर आएको समाचारबाट प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदैछ भन्ने अड्कल लगाउन सकिए पनि पुन विरामी भएर बाहिर जानुपरे के गर्ने भन्ने प्रश्न गरे।

उनले पहिले आफूहरुले पनि यस्तो गल्ती गरेको सुनाए। अब त्यो गल्ति नदोहोर्‍याउन आग्रह गर्दै उनले भने, 'प्रधानमन्त्रीलाई आराम गर्न दिनुस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell