PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

रसिया र भारतले गरे इरानसँग व्यापारिक सम्बन्ध कायमै राख्ने घोषणा



पहिलोपोस्ट

रसिया र भारतले गरे इरानसँग व्यापारिक सम्बन्ध कायमै राख्ने घोषणा
 फोटो : रोयटर्स

रसिया र भारतले इरानसँग व्यापारिक सम्बन्ध कायमै राख्ने घोषणा गरेका छन्। दुवैले बुधबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै इरानसँग वैध तवरबाट नै आर्थिक र व्यापारिक साझेदारी जारी राख्ने आफूहरुको योजना रहेको घोषणा गरेका हुन्।

रसियाली समाचार एजेन्सी आरआइएले रसियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले रसियाली सहर भ्लाडिभोस्टकमा यसबारे गरेको वार्तापछि जारी गरेको संयुक्त वक्तव्यलाई उद्धृत गरेको बेलायती समाचार एजेन्सीले रोयटर्सले उल्लेख गरेको छ। इरानसँग आर्थिक र व्यापारिक सम्बन्ध कायमै राख्ने सम्बन्धमा रसियाली प्रधानमन्त्री भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ता गरेका थिए।

यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पूर्वी आर्थिक मञ्च (इस्टर्न इकोनोमिक फोरम) को बैठकमा सहभागी हुन रसियाको सुदूर पूर्वी सहर भ्लाडिभोस्टक पुगेका छन्। रसियाली राष्ट्रपति पुटिन पनि बैठकका लागि भ्लाडिभोस्टक पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell