PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

रक्सौलमा रिक्सा चालकमाथि गोली प्रहार, अवस्था चिन्ताजनक



राधेश्याम पटेल

रक्सौलमा रिक्सा चालकमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

वीरगंज : सीमावर्ती बजार रक्सौलमा आज विहान एकजना रिक्सा चालकमाथि गोली प्रहार गरी हत्या गर्ने प्रयास भएको छ।

रक्सौल रेल्वे स्टेशनको पश्चिममा पर्ने परेउवा चोकमा विहान १० बजे अज्ञात व्यक्तिले रक्सौल, कौडिहार चोक (भगवानपुर)का २८ वर्षीय सुनिल साहमाथि गोली प्रहार भएको रक्सौल प्रहरीले बताएका छन्।

साहमाथि दुई राउन्ड गोली प्रहार गरी ज्यान लिने प्रयास गरेको रक्सौल थानाका प्रहरी निरीक्षक अभय कुमारले जानकारी दिए। घटनापछि गोली प्रहार गर्ने अज्ञात व्यक्ति फरार छन्।

गोली प्रहारबाट गम्भीर घाइते बनेका साहलाई उपचारको लागि रक्सौलको डंकन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। नम्बर नखुलेको मोटरसाईकलमा आएका अपराधीको खोजतलास भईरहेको तथा त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको बिहार प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell