PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

एसिया कप यू-१९ क्रिकेट आजदेखि, फोटोमा हेर्नुस् नेपाली खेलाडीको अभ्यास

एसिया कप यू-१९ क्रिकेट आजदेखि, फोटोमा हेर्नुस् नेपाली खेलाडीको अभ्यास

पहिलोपोस्ट /पहिलोपोस्ट


श्रीलंकामा आजबाट सुरु हुने एसिया कपको ट्रफी बुधबार सार्वजनिक भएको छ। प्रतियोगितामा नेपालसहित श्रीलंका, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, युएई र कुवेत रहेका छन्।

प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ। समूह बी मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्। नेपालले पहिलो खेल घरेलु टोली श्रीलंकासँग शुक्रबार खेल्नेछ।

त्यस्तै दोस्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ मा र तेस्रो खेल युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्नेछ। दुई समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।

उद्घाटन खेलमा आज भारत र कुवेत खेल्नेछन्। त्यस्तै, आजै अफगानिस्तान र पाकिस्तानको पनि खेल रहेको छ।

फोटोमा हेर्नुस् नेपाली खेलाडीको अभ्यास

तस्बिरहरुः रमन शिवकाकोटी



ट्रेन्डिङ पोस्ट

Ncell