PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

पोखरामा सुरु भयो ‘चलचित्र पत्रकारिता कार्यशाला’



पहिलोपोस्ट

पोखरामा सुरु भयो ‘चलचित्र पत्रकारिता कार्यशाला’

पोखरामा ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरु भएको छ। कार्यशाला चलचित्र पत्रकार संघ र चलचित्र विकास बोर्डले संयुक्त रुपमा आयोजना गरेको हो।

बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले कार्यशाला उद्घाटन गरे।

पोखराको नेपाल पर्यटन बोर्डको सभा हलमा तीन दिन लामो चल्ने कार्यक्रमहरुमा सयजना चलचित्र पत्रकारहरुले सहभागिता जनाएका छन्। काठमाडौं, चितवन, हेटौंडा, पोखरा लगायत सहरबाट पत्रकारहरुले सहभागिता भएका हुन्।

कार्यशालामा चलचित्र आचार संहिता तथा मिडिया कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता,पर्यटन र फिल्म, चलचित्र पत्रकारिता हिजो र आज, फोटो र मल्टिमिडिया लगायत विषयमा कार्यशाला हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell