PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

ज्वरोको उपचार गराउन गएका कृषिमन्त्री खनाललाई देखियो डेंगु



कुञ्जरमणि भट्टराई

ज्वरोको उपचार गराउन गएका कृषिमन्त्री खनाललाई देखियो डेंगु

काठमाडौं: कृषि तथा पशुपंक्षी मन्त्री चक्रपणि खनाललाई डेंगु संक्रमण देखिएको छ।

सामान्य ज्वरो आएपछि मन्त्री खनाल पुल्चोकस्थित निदान अस्पतालमा बुधबार जाँच गराउन पुगेका थिए।

त्यहाँ रगत जाँच गर्ने क्रममा डेंगुको संक्रमण देखिएकाले बुधबार साँझै टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए।

गिरीले पहिलोपोस्टसँग भने, 'सामान्य ज्वरो देखिएकोले निदानमा पुग्नुभएको थियो। डेंगु संक्रमण देखिएकाले तत्कालै ग्रान्डीमा भर्ना गरिएको हो। अहिले अवस्था सुधारोन्मुख छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell