PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

यस्तो छ एटिएम ह्याकसम्बन्धमा छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन



पहिलोपोस्ट

यस्तो छ एटिएम ह्याकसम्बन्धमा छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन

काठमाडौं : चिनियाँ ह्याकरहरुले एटिएमको सिस्टम नै ह्याक गरेर एटिएम बुथबाट पैसा लुटेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले बैंक तथा वित्तीय संस्थाहरुबाट यसअघि जारी गरिएका सबै म्याग्नेटिक स्ट्रिप कार्डहरु (नन् चिप- चिप नभएका कार्ड) तीन महिनाभित्र हटाएर चिपयुक्त कार्डहरु मात्र प्रयोगमा ल्याउन सुझाव दिएको छ।

उक्त ह्याकिङको फरेन्सिक एक्सपर्टद्वारा सुक्ष्म अध्ययन तथा विश्लेषण गराइने र उनीहरुले दिने सुझावहरु कार्यान्वयन गरिने पनि समितिले बताएको छ।

एटिएम बुथमा राखिएका सिसी क्यामेराको नियमित तवरबाट केन्द्रीकृत अनुगमनको व्यवस्था मिलाउन पनि समितिले सुझाव दिएको छ। यस्तो अनुगमन शनिबारसहित अन्य सार्वजनिक बिदाको दिनमा समेत नियमित रुपले गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव समितिले आफ्नो प्रतिवेदनमा दिएको छ।

समितिले तयार पारेको प्रतिवेदनको पूर्णपाठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell