PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

उपनिर्वाचनको तयारी तीव्र : ३९ करोड खर्च लाग्ने, सरकारले दियो २५ करोड



कुञ्जरमणि भट्टराई

उपनिर्वाचनको तयारी तीव्र : ३९ करोड खर्च लाग्ने, सरकारले दियो २५ करोड

काठमाडौं : आगामी मंसिर १४ गते स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभामा रिक्त रहेका ५१ पदका लागि उपनिर्वाचन हुँदैछ।

उपनिर्वानका लागि तयारी तीव्र पारिएको निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए। उपनिवार्चनका लागि आयोगले दल दर्ता गर्न भदौ मसान्तसम्मको समय दिएको छ।

२०७४ सालमा सम्पन्न निर्वाचनपछि जनप्रतिनिधिको मृत्यु, राजीनामा र जिल्ला समन्वय समितिमा गएका कारण तीनै तहमा ५१ पद रिक्त छन्। ती पदका पूर्तिका लागि हुन लागेको उपनिर्वाचनमा ३९ करोड खर्च हुने अनुमान गरिएको प्रवक्ता खरेलले बताए।

उपनिर्वाचनका लागि प्रारम्भिक चरणमा अर्थ मन्त्रालयबाट २५ करोड निकासा भएको छ। खर्चका आधारमा थप निकास हुने आयोगले जनाएको छ।

'उपनिर्वाचनमा ३९ करोड खर्च हुने अनुमान गरेका छौँ। अर्थमन्त्रालयबाट हाल २५ करोड निकासा भएको छ', प्रवक्ता खरेलले भने।

दशैँ तिहारलगत्तै हुने उपनिर्वाचनका लागि २५० मतदानस्थल, ५५० मतदान केन्द रहने आयोगले जनाएको छ।

'उपनिर्वाचनमा ५ लाखभन्दा बढी मददाता सहभागी हुने अनुमान गरेका छौँ। मतदातको संख्या एकीन रुपमा असोजको पहिलो हप्ता मात्रै टुंगो लाग्छ', उनले भने।

मतदाता संख्या एकीन भएपछि मतदानस्थल, केन्द घटवढ हुनसक्ने खरेलले जानकारी दिए। ६ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने आयोगले जनाएको छ।

कहाँकहाँ हुँदैछ चुनाव?

आयोगका अनुसार प्रतिनिधिसभातर्फ १, प्रदेशसभातर्फ ३, नगरपालिका मेयर १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ तथा  वडाध्यक्ष ४२ गरी ५१ स्थानमा उपनिर्वाचन हुनेछ।

तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की २ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ।

यस्तै प्रदेशसभातर्फ, भक्तपुर, बाग्लुङ र दाङमा एक–एक स्थान रिक्त छन्। भक्तपुर १(क) का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मृत्युपछि उनको स्थान रिक्त छ।

यस्तै बाग्लुङ क्षेत्र नम्बर २ (ख) का टेकबहादुर घर्ती र दाङ ३ (ख) का उत्तरकुमार ओलीको निधनपछि उक्त क्षेत्रहरूका पदहरु खाली छन्।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्वाङ,  हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमालको निधनका कारण ती पदहरु रिक्त छन्।

४१ वडाध्यक्षमध्ये अधिकांशको मृत्यु भएका कारण स्थान रिक्त छ। केहीमा भने अध्यक्षहरु जिल्ला समन्वय समितिमा निर्वाचित भएका कारण खाली भएका हुन्। केही वडाध्यक्ष वैदेशिक रोजगारीमा गएका छन्।

पाँचथरमा फिदिम नगरपालिकाको-१ र हिलिहाङ-७ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुनेछ। मोरङको धनपालथान-२, सुनसरीको धरान उपमहानगरपालिका-७ मा वडाध्यक्ष पद खाली छ। भोजपुर जजल्लवको पौर्वदङुमव गाउँपालिकाको वडा नम्बर-१ मा पनि खाली छ ।

पौर्वदमुङव गाउँपालिकाको वडा नम्बर-१ सम्म गरी ४२ वडा अध्यक्षका लागि निर्वाचन हुने आयोगले जनाएको छ।

रिक्त पदहरुको पूर्ण सूची :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell